सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन 

काठमाडौं । सहकारी ठगीमा परेका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले आफ्नो दुःख र असन्तोष जनाउँदै “हाम्रो संघर्ष बाध्यता हो, यहि हाम्रो लाज हो” भन्ने नारा लेखिएका प्लेकार्डहरू प्रदर्शनमा उठाएका थिए। महिनौँदेखि सडक आन्दोलनमा होमिएका पीडितहरूले आफ्ना बचत रकमको अपचलन र ठगीका कारण ठूलो मानसिक तनावको सामना गर्नुपरेको बताएका छन् । उनीहरूले सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति जफत गर्न र आफ्नो रकम फिर्ता पाउने माग गर्दै आन्दोलन तीव्र बनाएका छन्।

प्रदर्शनमा सहभागी एक पीडितले भने, “हामीलाई कहिल्यै पनि न्याय प्राप्त भएको छैन। अब यो लाज पनि सहेर प्रदर्शन गर्ने बाध्यतामा आएका छौँ।” प्रदर्शनकारीहरूको मुख्य माग भनेको, सहकारीका सञ्चालकहरूले गरेका अनियमितताहरूको छानबिन गर्दै, उनीहरूको सम्पत्ति जफत गरी पीडितहरूलाई न्याय दिनु हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *