नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्रको रक्षा हुदैन- सांसद रोशन कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्रको रक्षा नहुने बताएकी छिन् ।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने भनेर लेखिएकोप्रति कटाक्ष गर्दै नीति तथा कार्यक्रममा पनि यस्तो लेख्न बाध्यता परेको भन्दै सरकार कायर भएको आरोप लगाइन् । उनले नीति तथा कार्यक्रम भएको निलो किताबमा लेखेरमात्रै गणतन्त्र नबाँच्ने टिप्पणी गरिन् ।

उनले भनिन्- ‘यो गणतन्त्र बचाउनको लागि जनताका कुराहरुलाई एड्रेस गर्नुहोस । जनतालाई सुविधा दिनुहोस । हत्कडी लगाउनु छ भने गिरिबन्धु टि–इस्टेटका भ्रष्टाचारीलाई, ललिता निवासका भ्रष्टाचारीलाई हत्काडी लगाउ, म चूनौति दिन्छु । गरेर देखाउ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *