चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय- राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको बताएका हुन् । राष्ट्रपति पौडेलले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बताउदै त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताए । उनले भने- ‘स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो ।’
राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताए ।