त्रिभुवन विमानस्थल अस्तव्यस्तबारे संसदमा सरकारको ध्यानाकर्षण
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले एक मात्र संचालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताउदै चेकिङ हुने ठाउँमा नै अलमल पर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ ।
लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ । लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ । जुन एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगरौं ।’उनले एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।