युद्धविरामपछि सामान्य हुदै श्रीनगर

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ ।

श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् । समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरू फेरि खुलेका छन् ।

भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *