भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पञ्जाबको आदमपुर एयरबेसमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् ।

मंगलबार बिहान आदमपुरस्थित एयरबेसमा उगेका प्रधानमन्त्री मोदीले वायुसेनाका कर्मचारीहरूलाई भेट गरेका छन् । मोदीले सैनिकहरूसँगको तस्बीर सार्बजनिक गरेका छन् । गत हप्ता दुई देशबीचको सैन्य द्वन्द्वमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा आक्रमण गरेको र मिसाइल रक्षा प्रणाली एस-४०० नष्ट गरेको दाबी गरेको थियो । यद्यपि, भारतीय सेनाले आदमपुर एयरबेसमा आक्रमण गर्ने प्रयास भएको बताएको थियो, जुन असफल पारिएको बताएको थियो ।

आफ्नो पोस्टमा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘आज बिहान म एएफएस आदमपुर गए र हाम्रा बहादुर वायु योद्धाहरू र सैनिकहरूलाई भेटें । साहस, दृढ संकल्प र निडरताको प्रतीक रहेका मानिसहरूसँग हुनु एकदमै विशेष अनुभव थियो । भारत हाम्रा सशस्त्र सेनाहरूले हाम्रो देशको लागि गरेको सबै कुराको लागि सधैं आभारी रहनेछ ।’ समाचार एजेन्सी पीटीआईमा जारी गरिएको भिडियोमा प्रधानमन्त्री नरेन्द्र मोदी सैनिकहरूसँग कुरा गरिरहेको देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *