चलचित्र ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट
काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । सेन्सर बोर्डमा चलचित्र प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो । चलचित्रका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव सुनाए ।
‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । सिनेमाले घर र डेराको कथा भन्नेछ । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।