रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौँ । रसुवामा ठुलो परिमाणमा तस्करीको सुन सहित एक जना पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीको सुन बरामद भएको जानकारी दिएको हो । बरामद सुनको तौल कार्य भइरहेको र परिमाणबारे विस्तृत विवरण खुलाइएको छैन । तर, सो सुन ७ केजी भन्दा बढी रहेको अनुमान गरिएको छ । केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा सो सुन भेटिएको हो ।  उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीविरुद्ध प्रहरीको निगरानी बढेसँगै उत्तरी नाकाबाट सुन तस्करीको क्रम बढेको छ । 

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई भएसँगै तस्करहरूले उत्तरी नाकाबाट सुन तस्करी गरिरहेको यो घटनाले थप स्पष्ट पारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *