रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

उनको रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो । यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा पेसी परेको थियो । तर, आइतबार सर्वोच्चले नै दिएको आदेशबमोजिम छैटौँ पटकको पेसी भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा तोकिएको हो ।

अब भने उनको सुनुवाइ हुने देखिएको छ । सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गतेदेखि रुपन्देही कारागारमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *