नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।
आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार विश्रनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति भएको खबर प्राप्त भएको छ । लामो अन्तरालपछि आज मंगलबार बिहान सहमति जुटेको बताइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा।डा। पौडेल यसअघि सिफारिस समितिमा थिए ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैङ्कको गभर्नर पद रिक्त रहेको छ । अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी सुम्पेका थिए । सभापति देउवाले गभर्नरका लागि प्रा।डा। विश्व पौडेलको नाम प्रस्ताव गरेका थिए । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यसैका आधारमा मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ।