माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी अधिकृत समेत उपस्थित थिए । माछापुच्छे बैंकको १२ मंसिरमा बसेको ४७२ औ सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा चयन गरेको थियो । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *