राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा सम्पन्न


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साधारणसभाबाट लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सभाले १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । जसमा ५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु समेत साधारणसभाले पारित गरेको छ । ५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैंया कायम हुनेछ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताएका थिए । बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन विजनेश प्रोशेस रिइञ्जिनियरिङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको उनको भनाई थियो ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरु डमरु वल्लभ घिमिरे, दामोदर प्रसाद रेग्मी, र रामगोपाल श्रेष्ठले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *