एडीबीको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले गरेको प्रक्षेपणमा सन २०२३ मा नेपालका आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने भएको छ । एसियन डेभलपमेन्ट आउटलुकको अप्रिल सिरिज सार्वजनिकका क्रममा एडीबीले सो प्रषेपण गरेको हो ।

सन् २०२२ मा एडीबीका अनुसार नेपालको आर्थिह वद्धिदर ५.८ प्रतिशत रहेको थियो । यस्तै सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर रहेको थियो । आगामी वर्ष भने नेपालले आगामी वर्षमा ५ प्रतिशतको आर्थिक वृद्धिदर एडीबीले अनुमान गरेको छ ।

मुद्रास्फीति सन् २०२३ मा ७.४ प्रतिशत रहने छ । सन् २०२१ मा ३.६ प्रतिशत र सन् २०२२ मा ६.३ प्रतिशत मात्र मुद्रास्फीति रहेको थियो । आगामी वर्ष भने ६.२ प्रतिशत मात्र मुद्रास्फीति हुने छ । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक रहने छ । यस्तै अन्य सबै देशको सकारात्मक रहने एडीबीको प्रक्षेपण छ ।

यस्तै भारतले ६.४ प्रतिशत, माल्दिभ्सले ७.१ प्रतिशत, बंगलादेशले ५.३ प्रतिशत, भुटानले ४.६ प्रतिशत र पाकिस्तानले शून्य दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । मुद्रास्फीति पाकिस्तानमा २७.५ प्रतिशत र श्रीलंकामा २४.६ प्रतिशत रहने अनुमान छ । नेपाल र माल्दिभ्सको आर्थिक वृद्धिदरमा पर्यटनमा आएको पुनरुत्थान र जलविद्युत उत्पादनमा आएको वृद्धिले आर्थिक उन्नतीमा टेवा पुगेको एडीबीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *