सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा छुट
काठमाडौं । सनराइज बैंकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार अब सनराइज बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्र्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।
सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रवीनकुमार नेपाल र हस्पिटलकातर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार सनराइज बैंकका सबै ग्राहक वर्गले सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुटका साथै सबै मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाले सबै ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको सनराइज बैंकले बताएको छ ।















