हिमालयन बैंकको नशा रहित समाजलाई आर्थिक सहयोग


काठमाडौं । हिमालयन बैंकले ललितपुरस्थित नशारहित समाज नेपाललाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई आर्थिक सहयोग गरेको हो। हाल देशका युवाहरू रक्सी तथा विभिन्न लागु पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधहरूमा पनि फसाइरहेको अवस्था छ।

यस्तै, समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागु पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरूलाई यस कुलतबाट छुट्कारा दिलाउन मद्दत गर्दै आएको छ। हाल सो सेन्टरले करिब एक सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन्।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *