कुमारी बैंकको एटिएम टोखा नगरपालिकाको झोरमा
काठमाडौं । कुमारी बैंकले झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको हो । टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाडौं एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ । झोरमै पहिलो पटक स्थापित यस बैंकको एटिएमको उद्घाटन, टोखा नगरपालिका वडा नंः १, झोरका वडा प्रमुख, रमेश कुमार लामिछानेद्वारा सम्पन्न गरिएको छ ।

















