गरिमा विकास बैंकको एटिएम म्याग्दीको तातोपानीमा
काठमाडौं । गरिमा विकास बैंकले भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु गरेको छ । बैंकले उत्तरी म्याग्दीको तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको हो । उक्त एटिएम एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुन संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।
म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविटरक्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

















