सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा


काठमाडौं । सनराइज बैंकले २ शाखारहित कञ्चनपुर र डडेल्धुरा जिल्लामा बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त बैंकको सेवा विस्तार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *