सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार शान्तिनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवसको दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २ सय ५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि सम्पन्न भएको छ ।
उक्त बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ
बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।















