बजाज बाइकको आधिकारिक बिक्रेता हंसराजले रजत जयन्ती मनायो
काठमाडौं । नेपालका लागि बजाज बाइक मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकलाई आकर्षक छुटदेखि १ केजी चाँदी जित्ने अफर सञ्चालन गर्दै आफ्नो रजत जयन्ती मनाएको छ । कम्पनीले ‘नेपालमा आफ्नो लिडरसीपको २५ वर्ष क्याम्पेन’ नाम दिएर सञ्चालन गरेको योजना नयाँ वर्ष २०७८ को अवसरमा शुभारम्भ गरिएको थियो । उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो योजना सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा ग्राहकलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाएकोमा धन्यवाद दिए । देशभरका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएको कम्पनी भनाइ छ । आगामी दिनमा पनि कम्पनीले ग्राहकलाई उत्कृष्टता सेवा प्रदान गर्ने उनले प्रतिबद्धता जनाए ।

















