रास्वपाका प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह बनेका छन्।
बैंकरको परिचय बनाएका शाह केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ। उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । उनी स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए। त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए ।
















