प्रभु बैंकले ३० वटा एटीएम मेसिन खरिद गर्दै


काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको छ ।

बैंकले एटीएम मेसिन आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बैंककाअनुसार, बोलपत्रको ढाँचा खरिदका लागि कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *