नर्भिक आइभिएफको ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो । उक्त सर्जरी प्याकेजमा नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवम् उपचार गर्नेछ । कुनै पनि महिलाको बच्चा नहुने अप्रेशन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी बरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले बताइन् ।

नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई बिस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आइभिएफबाट भारी छुटसहितको एक महिने बिशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रीम रुपमा नाम दर्ता गराउनुपर्ने अस्पतालले जनाएको छ । नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्वर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिनेछ । सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरुलाई ओपिडी शुल्क निशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन ।

विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा शर्मासँग निशुल्क परामर्श गराई आफ्नो सुविधाअनुसार दुरबिन प्रविधिबाट शल्यक्रिया गराउन सक्नेछन् । दुरबिन प्रविधिबाट गरिने अप्रेशन बिरामीका लागि निकै सुविधायुक्त र फाइदाजनक मान्ने गरिन्छ । अस्पतालको बसाई कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुने लगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आर्कषण पछिल्लो समय बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *