पल्सर एनएस २०० र १६० अपसाइड डाउन मोटरसाइकल नेपाली बजारमा


काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारीक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अत्याधुनिक मोडलका बाइक पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा ल्याएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँँ बिशेषतासहितको अत्याधुनिक बाइकहरु नेपाली बजारमा ल्याइएको बताए । पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआइ इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४।५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्ने बताइएको छ ।

त्यसैगरी, पल्सर एनएस २०० अपसाइड डाउन आकर्षक डिजाइनका साथमा नयाँ फिचरको मोटरसाइकल हो । पल्सर एनएस १६० अपसाइड डाउनमा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले बताएको छ । पल्सर एनएस २०० को मूल्य ४ लाख २४ हजार नौ सय तोकिएको छ भने एनएस १६० अहिले नेपाली बजारमा तीन लाख ८४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *