डा. रुइतलाई ब्रिटेनको एंग्लिया रस्किनले मानार्थ विद्यावारिधी प्रदान गर्ने


काठमाडौं । ब्रिटेनको एंग्लिया रस्किन विश्वविद्यालयले आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान गरेको छ। आउँदो साता आयोजना हुने एक समारोहमा डा. रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गरिने भएको हो । डा. रुइतले यसअघि बहराइनबाट चर्चित अन्तर्राष्ट्रिय इसा पुरस्कार पाइसकेका छन् ।

डा. रुइत आँखा उपचारको क्षेत्रमा नेपाल सहित विश्वभरीका विभिन्न मुलुकमा प्रशिद्ध रहेका छन् । मोतियाविन्दुको उपचारको लागि उनले विकास गरेको इन्ट्राकुलर लेन्स विश्वमै प्रशिद्ध रहेको छ । जुन नेपालमा निर्माण भएर विश्वका विभिन्न मुलुकमा निर्यात हुने गर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *