परराष्ट्रमन्त्री साउद : ६० लाख पासपोर्ट छपाई गर्ने निर्णय भइसक्यो

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिव ६० लाख पासपोर्ट छपाईको निर्णय भइसकेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाई गर्ने निर्णय गरेको जानकारी गराए । उनले अगाडि भने, ‘छिट्टै टेण्डर प्रक्रियामा जाने छ ।’

उनले राजदूत नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढ्ने संसदीय समितिमा जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *