नेपालका पौडीबाज नासिरको नयाँ कीर्तिमान

काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नासिरले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम राखेका हुन् । नासिरले सोमबार पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि आफ्नै नाममा रहेको ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमानमा उनले सुधार गरेका हुन् ।

नासिरले पहिला .गतअसारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा उक्त कीर्तिमान बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *