आइजीआई प्रुडेन्सियलका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट


काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पीटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पीटल धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युयसजी, इको लगायतका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो हस्पीटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *