संसद् चल्ने समयमै तीन दलबीच बार्गेनिङ किन हुन्छ, निर्धारित समयमै संसद चल्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए ।

सभापति रवि लामिछानेले तोकिएको समयमा संसद् चलाउन रुलिङका लागि सभामुखसँग माग गरे । तीन दलका तीन नेता बसेर आफूले निर्णय गरेर संसद्लाई बन्धक नबनाउन उनले आग्रह गरे । उनले संसद् चल्ने समयमा नै तीन दलबीच बार्गेनिङ किन सुरु हुन्छ भनेर प्रश्न पनि गरे । उनले भने, ‘तीन जना नेता मिलेर छलफल गर्नुपर्ने भएपछि पहिले नै बैठक बसेर मिल्नुपर्ने मिलाउनेपर्ने कुरा किन गर्न सक्दैनन् ? रातारात किन गर्न सक्दैनन् । यो बार्गेनिङ सदन चल्ने समयमा नै किन गरिन्छ ?’

उनले तीन ठूला दलका शीर्ष नेताहरूले संसद् बन्धक बनाएको आरोप पनि लगाए । उनले भने, ‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरू मिल्ने ? मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

यसअघि सत्तारुढ दलका नेताले नै बजेट पास नभई सदन चल्न नदिने भने पनि पछि बार्गेनिङ गरेर सदन चल्न दिएको आरोप पनि उनले लगाए । उनले भने, ‘यो बजेट पास हुन दिन्नौँ भनेर सत्तापक्षमा बसेर कराउने मान्छेले खुरुखुरु पास गरेका थिए। त्यो बार्गेनिङ नै थियो त होला नि। नत्र यहीँ बोलेको हो । यथास्थितिमा पास भयो। के कारणले पास भयो ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *