बालुवाटारमा तीन दलको बैठक जारी
काठमाडौँ । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक जारी रहेको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।
तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।
सोमबार २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानविन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । आज अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।















