सुन प्रकरणमा जोडिएका व्यक्तिहरूको अनुहार जनताले चिन्न पाउनु पर्छ : सांसद चौधरी

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूसँग जोडिएको व्यक्तिगत स्वार्थका कारण तीन ठूला दलका नेताहरूले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

यस्तै, उनले एक क्विन्टल सुन प्रकरणसहित जुनसुकै प्रकरणमा जोडिएका व्यक्तिहरूको अनुहार जनताले चिन्न पाउनु पर्ने उनको भनाइ थियो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको निवास बालुवाटारमा पुगेर पैसा दिएको कुरा आएको छ,’ उनले थपे, ‘शीर्ष नेताहरू मुछिएका छन्, यसबारे पनि छानबिन हुनु पर्छ ।’

सांसद चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको अपराधमा पूर्व मन्त्रीहरूको अनुहार जनताले चिन्न पाएको बताए ।

यस क्रममा उनले सुन प्रकरणमा एक विभागले काम गरिरहेको अवस्थामा उच्च स्तरीय छानबिन समिति बनाउनुभन्दा अहिले भइरहेको कामलाई निरन्तरता दिनु पर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *