एनआइएमबी एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम
काठमाण्डौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को सन्दर्भमा चितवनमा एक अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ। नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा भएको उक्त कार्यक्रममा कार्यक्रममा लगानीकर्ता सप्ताह २०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो। नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको कार्यक्रममा विश्व लगानीकर्ता सप्ताह २०२३ को विश्वव्यापी अभियान भर लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूमा केन्द्रिकृत थियो।
कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना रहेका थिए भने अन्तरक्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख सृष्टि शाहले सञ्चालन गरेका थिए । लगानीकर्ताको लचिलोपन, क्रिप्टो सम्पत्ति र दिगो वित्त कार्यक्रमको यस अभियानको मुख्य विषयवस्तु हा भने ठगी र घोटाला रोकथाम, लगानीको आधारभूत र प्रविधि र डिजिटल वित्त अन्य पुरक विषयवस्तु रहेका थिए।

















