सिटिजन्स बैंक र विनायक अस्पतालबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको टोखामा रहेको उक्त अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुकासाथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङमाध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।
















