मुक्तिनाथ यात्रामा ८३ वर्षका जेष्ठ नागरिक

रहेछन् नित्यकर्म गर्ने उमेर ८३ वर्षमा
दर्शन गर्न मुक्तिनाथको हिडे खुसि हर्षमा ।१

हसिला रसिला मुहार उनको गौरवशालि गाथ
सहज ढंगले निरोगि भै पुगेनि मुक्तिनाथ ।२

जोशिला छन् बोलि बचन सबलाई दिए आशिष
खानु हुदैन भन्छन् बाबू अर्काको दुख नाष्तिक ।३

हिम्मत हार्नु हुन्न भन्छन् सत बोलि बोल्नु पर्दछ
भन्छन नमर्ने को छ र बाबु आखिर यो शरीर मर्दछ ।४

उनी सँगेै बस्यौं हामी खायौं खुसि हर्षमा खाए
साथ हामले दिदा भन्छन् बाबू स्वर्गै पर्वमा आंए।५

छनत छन् प्यारका छोरा बुहारि गर्न केही पर्दैन
ठमठम हिड्छन डोर्याउन कोहि अघि सर्न पर्दैन ।६

ज्यान छैन मोटिला हैनन् तर भित्रि मन छ चुरो
आशिष लिनका लागि सुन्थ्यौ हामी उनका कुरो ।७

निडर छन् सहि छन् उनि त आटं दरिलो भयो
खानामा खोट छैन उनमा झन रस बढ्दै गयो ।८

सधै रहुन् खुसि मुहार उनको यहि मेरो भावना
चिरायुसम्म बाँचि रहुन् यहि छ मेरो कामना ।९

दुख कष्ट गरि गरि बितेका ति भुल्यौ सामना
चिरायुसम्म बाँचि रहुन् यहि नै मेरो शुभकामना ।।१०

बिश्र्वनाथ ढुंगेल
जेष्ठ नागरिक संयोजक
सुर्यबिनायक नगरपालिका वडा नं. ३
बालकोट ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *