कनेक्ट आईपीएसमार्फत सहकारीमा पैसा ट्रान्सफर

काठमाडौं । कनेक्ट आईपीएसमार्फत सहकारीमा पैसा ट्रान्सफर हुने भएको छ। मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम एम बैंक मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने सहकारीहरुमा कनेक्ट आईपीएसमार्फत सहजै पैसा ट्रान्सफर हुने भएको हो। यो सेवा अन्तर्गत एम बैंक प्लेटफर्म प्रयोग गर्ने सहकारीका सदस्यहरुले सजिलै एक अर्काको खातामा रियल टाइममा नै पैसा पठाउन सक्नेछन्। यसको लागि कनेक्ट आईपीएसमार्फत पैसा पठाउनु पर्नेछ। यो सेवा अन्तर्गत बैंकको खाता कनेक्ट आईपीएसमा लिंक हुन्छ। जसअनुसार कनेक्ट आईपीएसमार्फत बैंक बाट सहकारीको सदस्यको खातामा सिधै पैसा ट्रान्सफर गर्न सकिने छ।

यो सेवा नेपालमै पहिलो नभएपनि एमबैंकले ल्याएको अतुलनिय र प्रभावकारी सेवा भएको यसका संचालक संजय शाहले बताए । यो सेवाबाट सहकारीमा नगद प्रवाह बढ्ने उनको अपेक्षा छ। एम बैंक एपमा आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्न सकिन्छ। त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, पे वेल, माई पे, नमस्ते पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र छ। जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा लिन सक्छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *