कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६ सय ३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य भने सार्वजनिक गरेको छैन । यदि ३५ दिनभित्र संस्थापकहरूले खरिद नगनरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
















