बिमस्टेक चेम्बर अफ कमर्श गठन हुँदै

काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिमस्टेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेक चेम्बर अफ कमर्श गठन हुँदैका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरे।

उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरेका थिए । बिमस्टेक चेम्बर अफ कमर्श गठन हुँदै विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ । बैठकमा भएको वार्ता अनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ । सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *