जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड
काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोन्च ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा आवद्ध भएर संस्थाले एक्सेस ब्रोन्च ब्राण्ड प्राप्त गर्न सफल भएको हो । संस्थाले गत बर्ष सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । यस बर्ष नेपालबाट जनउत्थान सहकारी संस्थाले मात्रै ब्राडको लागि अडिट गराएको थियो । अकुको प्राविधिक सहयोगमा नेफस्कूनद्वारा प्रर्वदित कार्यक्रममा यस अघि नेपालका २० भन्दा बढी सहकारी संस्था एक्सेस ब्राण्डमा सहभागि थिए । जनउत्थान सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले संस्थाले ब्रोन्च ब्राण्ड प्राप्त गरेको जानकारी दिए । संस्थाको संस्थागत पुँजी ८।६० प्रतिशत पुगेको र संस्थाले सिल्भर ब्राण्ड प्राप्त गर्न सक्ने आधार बनेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा आएको समस्या र सहकारीप्रति सरकारको स्पष्ट धारणाको अभावले आक्कुले यस बर्ष सिल्भर ब्राण्ड नदिएको उनले बताए । ४० हजार १९० जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्था मुलुककै एक उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ । सदस्य र समुदाय केन्द्रीय वित्तीय गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ३४ करोड पुगेको छ । जगेडा कोषलाई क्रमश वृद्धि गर्दै जाने र १ अर्बको कोष पुगेपछि शुन्य प्रतिशत मार्जिनमा सदस्यहरुलाई ऋण लगानी गर्ने उनले बताए ।
अहिले पनि संस्थाले सदस्यहरुलाई विना शुल्क ऋण लगानी गर्दै आएको छ भने सदस्य बन्दा पनि प्रवेश शुल्क नलिने गरको उनले जानकारी दिए । संस्थाले ठुलो ऋणलाई भन्दा पनि सानो। ऋणलाई प्राथमिकता दिएका कारणले संस्था सुरक्षित रहेको सिइओ थापा बताउँछन् । संस्थाले घर निर्माणको लागि बढीमा ५० लाखसम्म ऋण लागनी गर्ने गरेको छ भने व्यापार व्यवसाय र कृषिका लागि दश ÷पन्ध्र लाखसम्म ऋण लगानी गर्ने गरेको छ । सरकारले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको भए पनि संस्थाले भने घर निर्माणका लागि ११ प्रतिशत, कृषि तथा व्यापार व्यवसायको लागि १० प्रतिशत र बचत धितोमा ८।५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । संस्थाले स( सानो ऋणलाई प्राथमिकता दिएको कारण कुल सदस्य मध्ये २७ प्रतिशत अर्थात १० हजार बढीले ऋण लिएका छन् । २२ हजार घर धुरीका ४० हजार सदस्य संस्थामा आवद्ध रहेको र त्यसका आधारमा हेर्दा ऋण लिने सदस्यको संख्या ५० प्रतिशत हुन आउने उनले बताए । एक जना सदस्यले १० हजार भन्दा बढीको शेयर खरिद गर्न नपाउने र नाफाका लागि भन्दा पनि सदस्यलाई सेवा प्रदान गर्ने उदेश्यका संस्था अगाडि बढेको उनको भनाई छ । संस्थाबाट सदस्यले आर्थिक लाभ नभई सहज र सरल रुपमा सेवा पाउने उनको भनाई छ । साधारण सभामा उपस्थित भए बापत संस्थाले सदस्यहरुलाई परिवहन खर्च उपलब्ध नगराउने र सदस्यहरु स्वतस्र्फुत रुपमा सभामा भाग लिएर संस्थाको आर्थिक तथा बार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गर्ने गरेका छन् । संस्थाले हालसम्म ३ अर्ब ८ करोड बचत संकलन गरी २ अर्ब ९९ करोड ऋण लगानी गरेको छ । संस्थाको कूल सम्पत्ति ३ अर्ब ९५ करोड पुगेको छ ।

















