सिप्रदी ट्रेडिङले टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसंग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उदेश्यले सबै टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प संचालन गरेको छ । गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरि सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ ।
चाडवाडको बेला हाइवेमा अचानक आई पर्न सक्ने समस्याहरुको समाधानको लागि पनि २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा मार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स् सेवा को साथमा सम्पूर्ण सर्भिस सेन्टरहरु पनि खुल्ला राखि सर्भिस तथा मर्मत संभार सम्बन्धि पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था कम्पनीले गरेको छ ।
यसका साथै असोज २२ गते सम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा टाटा कमर्सियल गाडीहरुको लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरेको छ । त्यस अवधिमा टाटा जेन्यूइन पार्ट्स, ल्यूब्रिकेन्टस् तथा लेवर चार्जहरुमा १५ प्रतिशत देखि ५० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ । यस अवधिमा देशभरि बाट ५ हजार भन्दा बढि गाडीहरुको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
















