एनपीएलमा जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा काठमाडौँ गुर्खाजलाई जनकपुर बोल्ट्सले पराजित गरेको छ । काठमाडौँ गुर्खाजलाई पराजित गरेसँगै जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । जनकपुरले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै जनकपुरले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो ।

काठमाडौँले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । जनकपुरका लागि जिमी निसमले सर्वाधिक २७ रनको योगदान दिए ।

यसअघि बलिङमा ललित राजवंशीले घातक बलिङ गरेपछि काठमाडौँले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *