टीआरसी कार्यान्वयनमा नयाँ सिफारिस समिति गठन गर्ने समझदारी

काठमाडौं । संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का निम्ति नयाँ सिफारिस समिति गठन गर्ने समझदारी भएको छ । यसअघि गठित समिति सिफारिस नै गर्न नसकी बिदा भएपछि अर्को ‘सर्च कमिटी’ सिफारिसको समझदारी बनेको प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेलले जानकारी दिए । संक्रमणकालीन न्याय निरुपणका लागि दुवै पक्षका नेताहरूसँग प्रधानमन्त्रीले परामर्श गर्नुभएको छ,” खरेलले भने, “संक्रमणकालीन न्याय निरुपणका लागि गठन हुने सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन गर्ने समझदारी भएको छ । उनले सर्च कमिटीका विषयमा निर्णय गर्ने अधिकार सरकारको भएकाले अबको केही दिनमा सर्च कमिटी गठन हुने जानकारी दिए । विगतको कमिटी असफल भइसकेकाले नयाँ सर्च कमिटी गठन हुने उनको भनाइ थियो । विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी दरखास्त आह्वान गरेर नाम संकलनपछि विघटित भएको थियो । उक्त सर्च कमिटीले म्याद सकिँदासम्म पनि आयोगका पदाधिकारी सिफारिस गर्न नसकेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *