समाजवादीका ४ शीर्ष नेताहरुले गणतन्त्रको पक्षमा सम्बोधन गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् । मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलुस काठमाडौँको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।
भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ । अहिले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।