इजरायलको सुरक्षा क्याबिनेटद्वारा गाजापट्टी नियन्त्रणमा लिने योजना स्वीकृति
काठमाडौँ । इजरायलको सुरक्षा क्याबिनेटले गाजापट्टी नियन्त्रणमामा लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनालाई स्वीकृति दिएको छ ।
इजरायली प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गर्दै गाजामा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँच बुँदे रणनीति सार्वजनिक गरेको छ । दुई वर्षको बीचमा ६२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाँजा नियन्त्रणमा लिने नेतान्याहूको प्रस्तावलाई सुरक्षा क्याबिनेटको बहुमतबाट पारित गरेको छ ।
उसले युद्ध समाप्त गर्नका लागि हमासको निःशस्त्रीकरण,सबै बन्धकको जीवित वा मृतकको रूपमा समाप्ति, गाजाको विसैन्यकरण, गाजामा इजरायलले सुरक्षा नियन्त्रण र हमास वा प्यालेस्टाइनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव अघि सारेको छ ।














