हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका अनुसार अभिकर्ता तालिम असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने भएको छ । कम्पनीले केन्द्रिय कार्यालय बबरमहल काठमाडौंबाट भर्चुअल माध्यमबाट सञ्चालन गरिने तालिम बिहान साढे ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ ।
उक्त तालिममा सहभागी हुनका लागि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ । कम्पनीका अनुसार इच्छुक व्यक्तिले नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, प्यान नम्बर र पासपोर्ट साइज फोटो–४ वटा लगायतका कागजात आवश्यक पर्ने भएको छ ।