सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो ।