देश जेनजीको नेतृत्वमा,सार्वजनिक सम्पत्तिमा जोगाउन अपिल

काठमाडौं । जेनजी आन्दोलनले संघर्षबाट सत्ता ढलेकोले अब सार्वजनिक सम्पत्ति क्षति पुराउनु काम नगर्न अपिल गरेको छ । सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु नै अबको बाटो भएको उसले जनाएको छ । ‘हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं, जेनजीले भनेको छ । ‘हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ । यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ, जेनजी आन्दोलनले मंगलबार साँझ जारी गरेको अपिल पत्रमा भनिएको छ । ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ । सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ती हो । त्यसैले, आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षती नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ अपिलमा लेखिएको छ । ‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ, त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं, अपिलमा भनिएको छ । हामी सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *