माछापुच्छ्रे बैंकमा सन नेपाल लाइफको प्रवेश

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयधनीबाट गैरआवाशीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र लक्ष्मी ग्रुप बाहिरिएका छन् । अध्यक्ष उपेन्द्र महतो र लक्ष्मी ग्रुप बाहिरिएसँगै बैंकमा सन नेपाल लाइफको प्रवेश भएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नाममा रहेको ०.९१ प्रतिशत सेयर बिक्री भएको छ । ०.८६ प्रतिशत सेयर खरिद गर्दै बैंकमा सन नेपाल लाइफ इन्स्योरेन्सको प्रवेश भएको हो । सञ्चालक समितिका सदस्य र सञ्चालकबाट बाहिरिएको एक वर्षसम्म आफ्नो र एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गर्न नपाइने प्रावधान रहेको छ । पछिल्लो समय महतो परिवारमा आर्थिक संकटको कारण महतोले भाइ सुरेन्द्र महतोको नाममा रहेको सेयर आर्थिक वर्ष २०८०।८१ मा बिक्री गरिएको थियो ।

पछि उपेन्द्र महतो सञ्चालकबाट बाहिरिएको एक वर्ष भएपछि आफ्नो नाममा रहेको सेयर भाइहरु वीरेन्द्र महतो र सुरेन्द्र महतोलाई बिक्री गरी उनी बैंकबाट कागजी रूपमा पनि बाहिरिएका हुन् । आर्थिक वर्ष २०८०।८१ मा बैंकमा उपेन्द्र महतोको ९.१४ प्रतिशत सेयर थियो । गत आर्थिक वर्ष २०८१।८२ को अन्त्यमा उनको सेयर हिस्सा शून्यमा झरेको छ । यस्तै भाइ सुरेन्द्र महतोको हिस्सा १.७१ प्रतिशतबाट ७.७४ प्रतिशत पुगेको छ । त्यस्तै वीरेन्द्रको नाममा रहेको सेयर पनि ०.६१ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८०।८१ मा सुरेन्द्र महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेर बैंकमा प्रवेश गरेको थियो । कोषले एकसाथ ९.२४ प्रतिशत सेयर खरिद गरेको थियो । यता लक्ष्मी ग्रुप बैंकबाट बाहिरिँदा सन् नेपाल लाइफ इन्स्योरेन्सको बैंकमा प्रवेश भएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठको नाममा रहेको ०.९१ प्रतिशत सेयर बिक्री भएको छ । ०.८६ प्रतिशत सेयर खरिद गर्दै बैंकमा सन् नेपाल लाइफ इन्स्योरेन्सको प्रवेश भएको छ । यस्तै एनएमबि सरल बचत फण्ड इ सँग रहेको ०.५४ प्रतिशत सेयर पनि बिक्री भएको छ । यस्तै लक्ष्मी ग्रुपकै आजाद श्रेष्ठको नाममा रहेको ०.५७ प्रतिशत सेयर बिक्री भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *