आइएमई लाइफले तीन महीनामै कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको शुरूको तीन महीनामा कम्पनीले कमाएको खुद नाफा १४ करोड ५० लाख रुपैयाँको तुलनामा यस वर्ष कम्पनीले ९.१७ प्रतिशत खुद नाफा बढाउन सफल भएको हो। समीक्षा अवधिमा नाफासँगै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १ अर्ब १६ करोड ४२ लाख रुपैयाँबाट ३१.९६ प्रतिशतको वृद्धि सहित १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएको छ। त्यसैगरी सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५८ करोड १ लाख रुपैयाँबाट २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि १ अर्ब ४३ करोड ५१ लाख रुपैयाँबाट २६.९६ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।

यता कम्पनीको जीवन बीमाकोषको आकार पनि गत वर्षको असोज मसान्तसम्म १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४०.८२ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ कायम भएको छ। कम्पनीले गत वर्षका पहिलो त्रैमासमा आफ्ना अभिकर्ताहरूलाई १० करोड ८३ लाख रुपैयाँ बराबरको कमिशन दिएकोमा यस वर्ष २१.३३ प्रतिशतले बढाएर १३ करोड १४ लाख रुपैयाँ बराबरको कमिशन दिएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.६० रुपैयाँबाट बढेर १२.६७ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ र जगेडा कोषमा ८६ करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *