डोंगफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

काठमाडौं । डोंगफेङ डिलर कन्फरेन्स २०२५ मा एमएडब्लू वृद्धि मोटर्सले २०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स र २०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स गरी दुई महत्त्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा ईभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो। ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदूषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको छ। एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १ हजार २५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ । यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ । कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ । एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो । एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन् । समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले अवार्ड पाउँदा खुसी व्यक्त गरे । उनले आगामी दिनमा अझै धेरै वातावरणमैत्री गाडी भित्र्याउने प्रतिबद्धतासमेत जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *