मधेशका नवनियुक्त मुख्यमन्त्री यादव र देउवा भेटवार्ता
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरूबीच मंगलबार दिउँसो भेटवार्ता भएको हो । मुख्यमन्त्री नियुक्त भएसँगै मुख्यमन्त्री यादव काठमाडौं आएर देउवालाई भेटेका हुन् । सो क्रममा उनले सभापति देउवालाई मिठाइ पनि खुवाएका छन् । यादव सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् ।
काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
















